कर्मचारी आवश्यकता सम्बन्धी सूचना

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८१/१०/० गते)

संघ/संस्था दर्ता ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकमा २०६० साल चैत्र ०३ गते दर्ता भई जिल्लामा सामाजिक परिचालन, साना पूर्वाधार विकास, सुशासन प्रवद्र्धन, महिला तथा वाल अधिकार संरक्षण, सुरक्षित आप्रवासन, स्वच्छता व्यवहार परिवर्तन, विद्यालयमा सरसफाई सम्बन्धी व्यवहार परिवर्तन र खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन क्षेत्रमा क्रियाशिल रहेको यस संस्थालाई युनिसेफ नेपालको सहयोगमा पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकामा केन्द्रीत रही डिसेम्बर २५, २०२४ देखि जुन २४, २०२५ सम्मको लागि सञ्चालित “Humanitarian WASH interventions in Kavrepalanchok District, Bagmati Province” कार्यक्रम अन्तर्गत तपसिलमा उल्लेखित पदमा कर्मचारीहरु आवश्यकता भएको हुँदा निम्नानुसार योग्यता पुगेका ईच्छुक व्यक्तिहरुबाट दरखास्त आह्वान गरिन्छ । म्याद नाघी आएको र रीत नपुगेका दरखास्तहरु माथि कुनै कारवाही गरिने छैन ।

पद: सामाजिक परिचालक (Social Mobiliser)

आवश्यक संख्या: १२ जना (पनौती नगरपालिकामा ३ जना, नमोबुद्ध नगरपालिकामा ३ जना, रोशी गाउँपालिकामा ३ जना, बेथानचोक गाउँपालिकामा ३ जना) (सम्बन्धित पालिकाको उम्मेदवारले मात्र आवदेन दिन सकिने)

न्यूनतम योग्यता/अनुभवहरु: 

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा दश जोड दुई (10+2) उतिर्ण गरी खानेपानी, सरसफाई तथा स्वच्छता (WASH),सामाजिक परिचालन र समुदाय विकासको क्षेत्रमा कम्तीमा १ (एक) वर्षको कार्य अनुभव भएको ।
  • खानेपानी, सरसफाई तथा स्वच्छता (WASH) सम्बन्धी प्रारम्भिक क्षति तथा आवश्यकता सर्वेक्षणको क्षेत्रमा कार्य गरेको र अन्य, विशेष गरी समुदायमा आधारित तथ्याङ्कहरु लिएको अनुभव भएको ।
  • स्थानीय तह, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, स्वास्थ्य संस्था, विद्यालय लगायत अन्य सरकारी, गैर सरकारी संस्था तथा समुदायमा आधारित संस्थासँग कार्य गरेको अनुभव भएको ।
  • समन्वय, सहजीकरण, सञ्चार तथा समुदायमा वासको आवश्यकता पहिचान सम्वन्धी व्यवहारिक ज्ञान र सीप भएको ।
  • Android Mobile Phone भएको, KoboCollect App मा तथ्याङ्क सङ्कलन क्षमता, ज्ञान र सीप भएको ।

कार्य अवधि: २ ( दुई) महिना

मासिक पारिश्रमिक तथा अन्य सेवा, सुविधाहरु: कार्यक्रमको नियमानुसार उपलब्ध हुनेछ ।

आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले नेपाली नागरिकता प्रमाण–पत्रको फोटोकपी, कम्तीमा पनि २ जना सन्दर्भ (Reference) व्यक्तिहरुको नाम, सम्पर्क फोन नम्बर र ईमेल सहितको व्यक्तिगत विवरण (Bio-Data),शैक्षिक योग्यताको प्रमाण–पत्रको फोटोकपी, तालिम तथा कार्य अनुभव पत्रहरुको फोटोकपी, १ प्रति पासपोर्ट साईजको फोटो पेश गर्नु पर्नेछ ।

आवेदन दिने अन्तिम मिति: २०८१ माघ ०९ गते, बुधवार अपरान्ह ४:०० बजे भित्र

आवेदन पेश गर्ने स्थान: सिविक फोरमको केन्द्रीय कार्यालय, धुलिखेल नगरपालिका, वडा नं.०३, पिपलबोट मार्ग घर नं.४२०, धुलिखेल, काभ्रेपलाञ्चोक वा Email: vacancy@civicforum.org.np

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरुको लघुसूची(Short List) तयार पारिनेछ, साथै लघुसूची(Short List) मा परेका आवेदकहरुलाई मात्र मौखिक परीक्षा र KoboCollect App  को प्रयोगात्मक परीक्षामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पूर्ण आवेदनहरु अस्वीकार गर्ने अधिकार सिविक फोरम संस्थामा सुरक्षित रहनेछ ।

सिविक फोरम संस्थाले कर्मचारीमा विविधताको प्रवद्र्धन गर्दछ र कर्मचारीको छनौटमा महिला आवेदक तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि सकारात्मक विभेदको आधारमा विशेष ग्राह्यता प्रदान गर्दछ ।

Civic Forum for Sustainable Development has a zero-tolerance policy regarding Sexual Exploitation and Abuse (SEA) by its personnel against the people it serves. Also, Civic Forum as an employer does not tolerate any form of sexual misconduct. All potential candidates are required to complete a self-declaration during the time of application submission and will also be subjected to rigorous background checks and controls.

The self-declaration form can be accessed through: https://civicforum.org.np/self-declaration-on-pseah/

Apply Jobs

    Primary Health Care

    Promoting equitable access to quality primary health care, health education, nutrition, and community-based health services to improve the health and well-being of vulnerable communities.

    Water, Sanitation & Hygiene (WASH)

    Ensuring access to safe drinking water, improved sanitation, hygiene promotion, and climate-resilient WASH services for healthier and more resilient communities.

    Climate & Disaster Resilience

    Building resilient communities through disaster risk reduction, climate change adaptation, environmental conservation, and sustainable resilience-building initiatives

    Food Security & Sustainable Livelihoods

    Enhancing food security and sustainable livelihoods through climate-smart agriculture, nutrition, skills development, entrepreneurship, and income-generating opportunities.

    Gender Equality & Social Inclusion

    Promoting gender equality, social inclusion, and the empowerment of women, children, persons with disabilities, and marginalized communities.

    Community Empowerment & Good Governance

    Strengthening community participation, local governance, transparency, accountability, and partnerships to promote inclusive and sustainable development.

    We are associated with:


    Volunteer Opportunites

    Become a member